काठमाडौं- प्राइम कमर्सियल बैंकमा खाता सञ्चालन गरिरहेका ग्राहक हरुको खाता मिति २०८० भाद्र २३ गते शनिवार देखी १० अङ्क / अक्षर बाट परिवर्तन गरी २० अङ्कको कायम गरिने जानकारि कम्पनीले सूचना मार्फत गराएको छ ।
नयाँ खाताको कारोबारहरु ग्राहकहरुसँग हाल भइरहेको चेक तथा एटिएम कार्डबाट नै गर्न सकिने तथा मोवाइल बैंकिङ, इन्टरनेट बॉकड, ConnectiPS लगायतका सेवाहरुमा प्रयोग भएका साबिकको खाता नम्बरहरु प्रतिस्थापन गरी बैंकबाट नै नयाँ खाता नम्बर अद्यावधिक गरीने उक्त सुचनामा उल्लेख छ । साथै अन्य सबै निकायहरु जस्तै Stock Broker तथा Demat Account मा ग्राहक आफैले नयाँ २० अङ्कको खाता नम्बर अद्याबधिक गराउन पनि कम्पनीले अनुरोध गरेको छ ।
यसबाट ग्राहकहरुमा पर्न जाने असुविधाको लागि कम्पनी क्षमा प्रार्थी रहेको सुचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया