धितोमा रहेको सम्पत्ती लिलाम सम्बन्धि जरुरी सुचना

मंगलबार, १९ भदौ २०८०, १० : १५

काठमाडौँ- साविक सन्राइज बैंक लि बाट ऋणीले उपभोग गरेको  ऋण कर्जाको शर्त–सम्झौता बमोजिम समय समयमा तिर्न वुझाउनु पर्ने वक्यौता रकम –साँवा, ब्याज, पेनाल व्याज तथा अन्य दस्तुर आदि चुक्ता भुक्तानी गर्न पटक पटक लिखित तथा मौखिक तरताकेता गरेर धितो सुरक्षण सम्पत्ति लिलाम बिक्रीको सार्वजनिक सूचना प्रकाशित गर्दा समेत कर्जा चुक्ता भुक्तानी नगरेको हुनाले पुनः धितो लिलाम बिक्रीको लागि गोप्य शिलबन्दी – बोलपत्र आव्हान गरेको १५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

कर्जाको सुरक्षण स्वरुप बैंक समक्ष धितोमा रहेको तपसिलमा उल्लेखित चल अचल सम्पत्ति सवारी साधन र इक्यूपमेण्ट जहाँ जे जस्तो अवस्थामा रहे भएकोछ सोही अवस्थामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी गोप्य शिलवन्दी बोलपत्र मार्फत लिलाम बिक्री गरिने कम्पनीले जनाएको छ । 

साथै लिलाम बिक्री मार्फत पनी बैंकको सो सम्पत्तिबाटसम्पूर्ण बक्यौता रकम असुल उपर नभएमा प्रचलित कानून बमोजिम ऋणी, जमानतकर्ता तथा निजहरुको हकलाग्ने परिवारका सदस्यहरुको अन्य जायजेथाबाट समेत बक्यौता रकम असुल उपर गर्ने व्यहोरा समेत यसै सूचनामा उल्लेख गरिएको छ ।

Open photo

मंगलबार, १९ भदौ २०८०, १० : १५

प्रतिक्रिया