फाईल तस्विर
दशैं तिहार, छट लगायतका मुख्य चाडपर्वलाई लक्षित गर्दै गत वर्ष झैं संयुक्त रुपमा सरकारले असोज १ देखि संयुक्त बजार अनुगमन गर्ने भएको छ ।
मन्त्रालयमा पत्रकार सम्मेलन गरेर वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले यस्तो जानकारी दिएका हुन् । ‘मुख्य चाडपर्वको बेला हुने कालोबजारी र ठगी रोक्न गर्न जिल्ला प्रशासन कार्यालयसहित उपभोक्तासँग सरोकार राख्ने ९ वटा विभागका अधिकारी सम्मिलित कम्तीमा १० वटा विशेष टोली परिचालन गर्ने तयारी गरेको सचिव मरासिनीको भनाई छ ।
चाडपर्वमा हुने कालोबजारी र मनपरी मूल्यवृद्धि रोक्न यसरी अनुगमन गर्न लागिएको उनको भनाइ छ । संयुक्तअनुगमन टोलीमा वाणिज्य, आन्तरिक राजस्व, खाद्य प्रविधि तथा गुण नियन्त्रण, स्वास्थ्य सेवा, औषधि व्यवस्था, गुणस्तर तथा नापतौल, कृषि, पशु सेवा, पर्यटन विभाग र जिल्ला प्रशासन कार्यालयका सदस्य हुनेछन् ।
संयुक्त अनुगमनका लागि मन्त्रालयले यस अघि नै संयुक्त छलफल गरिसकेको छ । संयुक्त अनुगमनमा यातायात, राजमार्ग छेउछाउका होटल तथा रेष्टुराँ, खुद्रा तथा थोक पसल र बजार, खाद्यान्न, माछामासु, दूध, पानी, मिठाइ, दूध, लत्ताकपडा, फलफूल लगायतका क्षेत्र प्राथिमिकतामा छन् ।
प्रतिक्रिया