सनराइज क्यापिटलले डाक्यो वार्षिक साधारणसभा, कहिले ?

बुधबार, २० भदौ २०८०, १० : ५६

काठमाडौँ- लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी सनराइज क्यापिटलले आफ्नो १३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। 

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलापोखरीस्थित क्यापिटलको कार्यालयमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ। 

सभाले विशेष प्रस्ताव सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल आपसमा मर्जर गर्ने प्रक्रिया अगाडि बढाउन सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने पारित गर्नेछ। 

सभाले आर्थिक वर्ष २०७९–८०को मुनाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पनि अनुमोदन गर्नेछ। 

उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि सभाले स्वीकृत गर्नेछ। 

 

बुधबार, २० भदौ २०८०, १० : ५६

प्रतिक्रिया