काठमाडौँ- चौथो नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२३ आगामी १० असोजमा काठमाडौँमा आयोजना हुने भएको छ । स्टार वान इन्टरटेनमेन्ट र विलक्षण क्रियसनको आयोजनामा यो हुने यो अवार्डमा विगत झैँ यसपटक पनि गीतकार, गायक, गायिका, संगीतकार, संगीत संयोजक, म्युजिक भिडियो निर्देशक, छायाँकार, सम्पादक, मोडलहरुबीच विभिन्न २९ विधामा समावेश छ ।
पछिल्लो डेढ वर्षयता रिलिज भएका गीतसंगीतलाई यो अवार्डमा समावेश गरिएको आयोजक तथा स्टार वान इन्टरटेनमेन्टकी अध्यक्ष पूजा निरौलाले बताइन् । नेपाली गीत संगीत क्षेत्रमा योगदान पर्याएका विभिन्न स्रष्टालाई अवार्डमा विशेष योगदान सम्मानबाट सम्मानित समेत गरिनेछ ।
अवार्डका निर्देशक वालकृष्ण पोखरेलका अनुसार यसपटक राष्ट्रिय भाव, चलचित्र, आधुनिक, पप, लोकपप, लोक, लोकदोहोरी, देउडा, भाषाभाषी ९नेपाल भाषा, तामाङ भाषा०का गीतहरुमा सम्बन्धित विधाका कलाकार तथा प्राविधिकहरु सहभागी भएका छन् ।
प्रतिक्रिया