४० करोड लागतमा सातै प्रदेशमा विद्युतीय फास्ट चार्जिङ स्टेसन सञ्चालनमा

विहीबार, २१ भदौ २०८०, ०७ : १०

नेपाल विद्युत प्राधिकरणले काठमाडौंसहित देशभरका सातै प्रदेशमा निर्माण गरिएका ५१ ओटा अत्याधुनिक फास्ट चार्जिङ स्टेसन उद्घाटन गरिएको छ। 

करीब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ ओटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ ओटामा सानारठूला कारहरू चार्ज गर्न मिल्ने प्राधिकरणले जानकारी दिएको छ । 

प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूमा विद्युतीय सवारी साधन छिटो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिएको हो । 

काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा निर्माण गरिएको फास्ट चार्जिङ स्टेसनको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्तरूपमा उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले ५१ ओटा चार्जिङ स्टेसन सञ्चालनमा आउँदा हरित र स्वच्छ ऊर्जा खपत बढी कार्बन उत्सर्जनमा कमी आउने र यसले जलवायु परिवर्तनका प्रभावहरू न्यूनीकरण हुने बताए । यो देशको दिगो विकासका लागि महत्त्वपूर्ण पाइला भएको उनको भनाइ छ । 
 

विहीबार, २१ भदौ २०८०, ०७ : १०

प्रतिक्रिया