काठमाडौं- नेपाली बजार बिहीबार पनि सुनको भाउ ओरालो लागेको छ।
आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो बुधबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४३० रुपैयाँमा किनबेच भएको थियो।
आजसँगै लगातार ३ दिन सुन–चाँदीको भाउमा गिरावट आएको छ।
प्रतिक्रिया