महिला उद्यमी महासङ्घको अध्यक्षमा ज्ञवाली

७ महिना अगाडि

काठमाडौँ - महिला उद्यमी महासङ्घ नेपाल (एफवीन) को अध्यक्षमा शोभा ज्ञवाली निर्वाचित भएकी छिन् । महासङ्घको २०औँ साधारण सभा तथा नवौँ महाधिवेशनबाट ज्ञवाली अध्यक्षमा निर्विरोध निर्वाचित बनेकी हुन् ।

 ज्ञवाली यसअघि महासङ्घमा प्रथम उपाध्यक्ष थिइन् । महासङ्घको अध्यक्षमा ज्ञवाली निर्विरोध निर्वाचित हुँदा सम्पूर्ण कार्यसमिति नै निर्विरोध चयन भएको महासङ्घले जनाएको छ ।

 महासङ्घको प्रथम उपाध्यक्षमा दर्शना श्रेष्ठ, द्वितिय उपाध्यक्षमा सुनिता वैद्य श्रेष्ठ  तृतीय उपाध्यक्षमा वसन्ती प्रधान निर्वाचित भएका छन् । यस्तै, चौथो उपाध्यक्षमा महालक्ष्मी श्रेष्ठ निर्वाचित बनेको महासङ्घले जनाएको छ ।

 यस्तै, महासचिवमा कुन्नम पोखरेल, सचिवमा सुमित्रा पलान्चोक र कोषाध्यक्षमा सविता सुवेदी निर्वाचित भएका छन् । यसबाहेक, सदस्यहरूमा हिमा विष्ट, निता रेग्मी, शोभा श्रेष्ठ, दिकिला शेर्पा लामा, दिपा थपलिया, सरिता तुलाधर, प्रतिभा पाण्डे चयन भएका छन् ।

यस्तै, शोनी जोशी, कृति श्रेष्ठ, सविता पौडेल, राजकुमारी शर्मा, पार्वती पौडेल, मिना फुलारा र शिला नेपाली कार्यकारिणी समिति सदस्य निर्वाचित भएका छन् । निशा केसी र मल्लिका श्रेष्ठ सदस्यमा मनोनयन भएका छन् ।

७ महिना अगाडि

प्रतिक्रिया