सपूतको ‘कुरा बुझ्न पर्च’को दोस्रो भाग ‘जाले रुमाल फाट्यो’ सार्वजनिक

आइतबार, २४ भदौ २०८०, ०८ : १४

गायक प्रकाश सपूतको दुई वर्षअघि तीजपर्वमा सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भाग तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ । 

आरन प्रोडक्सनले प्रस्तुत गरेको सो गीत गायक सपूतको आफ्नै युट्युब च्यानलबाट गए राति सार्वजनिक गरिएको हो । गायक सपूतको शब्द-सङ्गीत रहेको उक्त गीतमा गायिका समीक्षा अधिकारीले स्वर दिएकी छिन् । गीतको म्युजिक भिडियोमा नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, अभिनेता गौरव पहारी, विशाल पहारी र स्वयं सपूतको अभिनय रहेको छ ।

गीतमा महिलामाथि हुने विभेद अन्त्यका लागि कानुन प्रभावकारी हुनुपर्ने सन्देश समेटिएको छ । नेपाली समाजको संवेदनशील र महत्त्वपूर्ण कथालाई तीज गीतका माध्यमबाट बाहिर ल्याएको आरन प्रोडक्सनको भनाई छ । 

आफ्नो सांगेतीक प्रस्तुतीका लागि यतिबेला विदेशमा रहेका सपूतले दुई वर्षअघि सार्वजनिक गीत ‘कुरा बुझ्न पर्च’मा महिलाको सोच र आत्मविश्वासलाई प्रस्तुत गरेका थिए, लैङ्गिक समानताको विषयलाई गीतले समेटेको थियो । सो गीतमा पनि नायिका स्वस्तिमा खड्का र आँचल शर्माको अभिनय छ ।

सपूत सर्वाधिक चर्चामा रहेका कलाकार मध्यमा एक हुन उनका यसअघि ‘पिर’, ‘गलबन्दी’, ‘बोलमाया’, ‘सकम्बरी’, ‘दमाइ महाराज’ जस्ता चर्चित गीत सार्वजनिक भइसकेका छन् । 

आइतबार, २४ भदौ २०८०, ०८ : १४

प्रतिक्रिया