अनलाइनबाट साढे ८ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक

आइतबार, २४ भदौ २०८०, १० : ३७

नेपाल राष्ट्र बैंकले साढे ८ अर्ब रुपैयाँ बढीको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। 

यो ट्रेजरी बिलको भोलि सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। 

केन्द्रीय बैंकले भदौ २६ गते जारी हुने ९१ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ। यो ट्रेजरी असोज २३ गते परिपक्व हुनेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

आइतबार, २४ भदौ २०८०, १० : ३७

प्रतिक्रिया