काठमाडौँ- नेपाली बजारमा सोमबार सुनको भाउ उकालो लागेको छ।
आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छ ।
हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया