अब १०० शय्याको अस्पताल स्थापना गर्न बैंकहरुले २० करोडसम्म कर्जा दिन पाउने

मंगलबार, २६ भदौ २०८०, ०९ : ५३

नेपाल राष्ट्र बैंकले विकासका पूर्वाधारमा लगानीलाई प्रोत्साहन गर्न कर्जा र ब्याजदरमा सहज नीति लिएको छ। विकासका पूर्वाधारको उचित प्रवर्द्धनले मात्रै समग्र देशको विकास सुनिश्चित हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले वित्तीय चेतनाका लागि  एउटा सूचना जारी गर्दै यसबारे अवगत गराएको हो। देशको समग्र आर्थिक विकासका लागि यसका पूर्वाधारहरू पनि बलियो हुनुपर्ने केन्द्रीय बैंकको उक्त सूचनामा धारणा छ । 

विकासका पूर्वाधारमा लगानी प्रोत्साहन गर्ने उद्देश्यले अस्पताल नभएका स्थानीय तहमा १०० शय्यासम्मको अस्पताल स्थापना गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरूले आधार दरमा बढीमा २ प्रतिशतसम्म प्रिमियम थप गरी २० करोड रुपैयाँ कर्जा प्रवाह गर्नसक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। 

मंगलबार, २६ भदौ २०८०, ०९ : ५३

प्रतिक्रिया