सुनको भाउमा स्थिर, चाँदीको सामान्य बढ्यो

मंगलबार, २६ भदौ २०८०, १० : ५१

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा आज  कुनै फेरबदल भएको छैन।  योसँगै आज प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। 

मंगलबार, २६ भदौ २०८०, १० : ५१

प्रतिक्रिया