समृद्धि फाइनान्सद्धारा कुर्सि तथा डस्बिन वितरण

मंगलबार, २६ भदौ २०८०, १८ : २८

काठमाडौँ - समृद्धि फाइनान्सले भदौ २६ गते संस्थागत सामाजिक उक्तरदायित्व अन्र्तगत पोखरा शाखाबाट कुर्सि तथा डस्बिन वितरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त सामानहरु प्रगतिशिल नारी समुह, पोखरा–८ लाई वितरण गरिएको हो । समृद्धि फाइनान्सले भदौ महिनाको सामाजिक उत्तरदात्वि अन्तर्गत नारी विशेष कार्यक्रम गर्ने तालिका बनाएको र सोहि कार्यक्रम अन्तर्गत पोखरा शाखाद्धारा प्रगतिशिल नारी समुहलाई बाह्र वटा डल्फिन कुर्सि र डस्बिन उपलब्ध गराइएको हो । उक्त कार्यक्रममा समुहका सदस्यहरु, समाजसेवि तथा टोलबासीहरुको सहभागिता रहेको थियो । 

साथै समृद्धि फाइनान्सले भदौ महिनामा महिला विशेष अभियानहरु चलाई रहेको छ । सम्पूर्ण महिलाहरुले भदौ महिनामा यस फाइनान्समा समृद्धि गृह लक्ष्मी बचत खाता खोलि उच्च ब्जादरको प्रतिफलका साथै निःशुल्क डिजिटल बैङ्किगको फाइदा लिन सक्नेछन् । 

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबिट कार्ड, क्यू.आर कोड  जस्ता डिजिटल सुविधाहरु  प्रदान गरिरहेको छ । 
 

मंगलबार, २६ भदौ २०८०, १८ : २८

प्रतिक्रिया