घटबढ भएन सुनको मुल्य, आज कतिमा हुदैँछ कारोबार ?

बुधबार, २७ भदौ २०८०, ११ : ०३

काठमाडौँ- नेपाली बजारमा सुनको भाउ बुधबार लगातार दोस्रो दिन पनि स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ६५० रुपैयाँ कायम भएको छ। 


सुनको भाउ मंगलबार पनि स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०५ रुपैयाँमा किनबेच भएको थियो। 

बुधबार, २७ भदौ २०८०, ११ : ०३

प्रतिक्रिया