सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनालाई लगियो अदालत

बुधबार, २७ भदौ २०८०, १६ : २०

काठमाडौँ-  ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनालाई म्याद थपका लागि अदालत लगिएको छ । यसअघि पछिल्लो पटक पाएको म्याद सकिएसँगै उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले म्याद थपका लागि अदालत लगेको हो । 

ब्युरोले आजै सीआईबीले गरेको विस्तृत अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउँदैछ । सीआईबीले पक्राउ परेका ३२ जना र फरार १८ जना गरी कुल ५० जनालाई मुद्दा चलाउन  काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

बुधबार, २७ भदौ २०८०, १६ : २०

प्रतिक्रिया