ग्लोबल आइए मई बैङ्क लिमिटेडले १० वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका खाताहरू बन्द गर्ने भएको छ । बैङ्कले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
साथै, बैङ्क तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता (ने.रा) बैङ्कले तोके बाहेक० खोल्न नपाइने एवं एक जना व्यक्तिलाई एउटै प्रकारको एक भन्दा बढी कार्ड (डेबिट क्रेडिट) जारी गर्न नपाइने व्यवस्था रहेको हुनाले यस बैङ्कमा स्वदेशी मुद्रामा एकै प्रकृतिको एक भन्दा बढी खाता खोली वा एउटै प्रकारको एक भन्दा बढी कार्ड (डेबिट क्रेडिट) प्राप्त गरी कारोबार गरिरहेका ग्राहकहरूलाई यो सूचना जारी भएको ७ दिन भित्र पायक पर्ने नजिकको शाखा कार्यालयमा गई एक भन्दा बढी कायम रहेको कार्ड (डेबिट क्रेडिट) तथा खाता बन्द गर्न आग्रह समेत गरेको छ ।
सो समय पश्चात् त्यस्ता खाताहरू मध्ये एक मात्र खाता कायम गरी बाँकी रहेको अन्य खाताहरू बैङ्कको निर्णयअनुसार बन्द गरिने वा रोक्का राखिने बैङ्कले जनाएको छ । १० वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका खाताहरू समेत बैङ्क आफैले बन्द गर्न सक्ने भएको हुँदा त्यस्तो खाता रहेका ग्राहक महानुभावहरूले पायक पर्ने नजिकको शाखा कार्यालयमा गई खाताको विवरण अद्यावधिक गरी खाता सञ्चालन गर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया