काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको लागि तरकारी तथा फलफूलको मुल्य तोकेको छ । जस अनुसार भारतीय गोलभेडाको औसत मूल्य प्रतिकेजी ४६ रुपैयाँ, लोकल गोलभेडा, लाम्चो भन्टा, तने बोडी, पाकेको फर्सी र सेतो मूला प्रतिकेजी ५५ रुपैयाँ, टनेल गोलभेडा ८८ रुपैयाँ, मुडेको रातो आलु ५१ रुपैयाँ २० पैसा, सेतो आलु ४७ रुपैयाँ, सुकेको प्याज ६७ रुपैयाँ ५० पैसा, लोकल गाजर १३५ रुपैयाँ, लोकल बन्दा र डल्लो भन्टा ६५ रुपैयाँ, सेतो आलु ४७ रुपैयाँ, सुकेको प्याज ६७ रुपैयाँ ५० पैसा, स्थानीय काउली ११० रुपैयाँ, मकै बोडी ८६ रुपैयाँ ६७ पैसा, तितो करला ८६ रुपैयाँ, परवर ५५ रुपैयाँ, पिंडालू ६५ रुपैयाँ, स्कूस १८ रुपैयाँ, रायोको साग ८६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ र कागती २०० रुपैयाँ, डल्ले च्याउ ४३३ रुपैयाँ ३३ पैसा तोकिएको छ ।
यसैगरी कुरीलो प्रतिकेजी ४७५ रुपैयाँ, न्यूरो ९५ रुपैयाँ, ब्रोकाउली ३१० रुपैयाँ, सजिवन १९० रुपैयाँ, जिरीको साग १३५ रुपैयाँ, सेलरी १३५ रुपैयाँ, पार्सले र पुदीना ५५० रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, झोले स्याउ २९० रुपैयाँ, फूजी स्याउ ३४० रुपैयाँ, अनार ३७५ रुपैयाँ, कालो अंगुर ४७५ रुपैयाँ, लोकल काक्रो १३० रुपैयाँ, अम्बा १२५ रुपैयाँ, किवि ४२५ रुपैयाँ, शरीफा र अभोकाडो २५० रुपैयाँ, अकबरे खुर्सानी २३३ रुपैयाँ ३३ पैसा, भेडे खुर्सानी ८६ रुपैयाँ, हरियो धनिया ९० रुपैयाँ र सुकेको नेपाली लसुन २५६ रुपैयाँ ६७ पैसा पर्नेछ ।
प्रतिक्रिया