हिमालयन लघुवित्तको सेयर स्वामित्व परिमार्जन

शुक्रबार, २९ भदौ २०८०, १२ : १२

काठमाडौँ - हिमालयन लघुवित्त वित्तीय संस्थाको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गरिएको छ। 

संस्थाले सेयर स्वामित्व परिमार्जन गर्दै संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गरेको हो। यसअघि संस्थामा संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत सेयर स्वामित्व रहेको थियो। 

 संस्थाले संस्थापक समूहको ९ प्रतिशत सेयर सर्वसाधारणमा परिणत गर्दै सेयर स्वामित्व परिमार्जन गरेको हो। 

हाल संस्थाको कुल कित्ता ३१ लाख ९८ हजार १८१.३०१८ रहेको छ। सेयर स्वामित्व परिमार्जन पनि संस्थापको समूहको १६ लाख ३१ हजार ७२.४६३९ कित्ता र सर्वसाधारणको १५ लाख ६७ हजार १०८.८३७९ कित्ता कायम भएको छ। 

परिमार्जित सेयर स्वामित्वअनुसार धितोपत्र अभिलेख गरिएको नेप्सेले जनाएको छ। 

 

शुक्रबार, २९ भदौ २०८०, १२ : १२

प्रतिक्रिया