परिसंघको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानमा १२७ उद्योग आवद्ध

७ महिना अगाडि

काठमाडौँ - नेपाल उद्योग परिसंघले सञ्चालन गरेर ‘मेक इन नेपाल–स्वेदशी’ अभियानमा १२७ उद्योग आबद्ध भएका छन् । परिसंघका अध्यक्ष राजेश अग्रवालले अभियान सुरु भएको छोटो अवधिमै १२७ वटा उद्योग आबद्ध भएको जानकारी दिएका हुन् । 

 शुक्रबार साँझ काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अग्रवालले यो अभियानमा आबद्ध सदस्यहरुको क्षमता विकास, मूल्य अभिवृद्धि लगायतमा परिसंघले ध्यान दिइरहेको बताए । यसबाहेक, उद्योगबाट उत्पादित वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन समेत सहयोग गरिरहेको अग्रवालको भनाई छ ।

 अभियानमा आबद्ध १२७ वटा उद्योगबाट २५ हजारभन्दा धेरैले रोजगारी पाएको बताइएको छ । यसबाहेक यी उद्योगले सरकारको राजश्व संकलन लक्ष्यमा समेत ठूलो योगदान गरिरहेको परिसंघले बताएको छ । यस्तै, परिसंघले ‘मेक इन नेपाल’ अभियानसँगै ‘स्किल नेपाल’ समेत सञ्चालन गर्दै आइरहेको छ ।

 यो अभियान अन्तर्गत उद्योगमा कामदारहरुको सीप विकास, रोजगारी सुनिश्चितता, उद्योगको उत्पादन क्षमता अभिवृद्धि लगायतका काम गर्दै आइरहेको छ । यो अभियानमार्फत १ हजार भन्दा बढीले रोजगारी समेत पाएको परिसंघले बताएको छ ।
 

७ महिना अगाडि

प्रतिक्रिया