१६ करोड ४४ लाखको सिमेन्ट क्लिङ्कर निर्यात

शनिबार, ३० भदौ २०८०, १५ : ०८

काठमाडौँ - चालू आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा १६ करोड ४४ लाख रुपैयाँको सिमेन्ट क्लिङ्कर निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्षको पहिलो महिना नै साढे १६ करोड रुपैयाँ बराबरको क्लिङकर निर्यात भएको हो ।

 यस अवधिमा नेपालबाट २५ हजार टन क्लिङ्कर निर्यात भएको छ । यस्तै, सोही अवधिमा नेपालबाट ७ करोड ५ लाख रुपैयाँ बराबरको पोर्टल्याण्ड सिमेन्ट निर्यात भएको छ । ९ हजार ५७३ टन सिमेन्ट निर्यातबापत उक्त रकम भित्रिएको हो ।

 तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले नेपालबाट सिमेन्ट निर्यातको अवधारणा ल्याएका थिए । उनले बजेटमार्फत सिमेन्ट निर्यातकर्तालाई ८ प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरेको थिए । तर, यो व्यवस्थामार्फत सेवा पाउनका लागि ठूलो मात्रामा सिमेन्ट निर्यात गर्नुपर्नेहुन्छ ।
 

शनिबार, ३० भदौ २०८०, १५ : ०८

प्रतिक्रिया