सुनको मुल्यमा वृद्धि,आज कतिमा हेदैँछ कारोबार ?

१ हप्ता अगाडि

काठमाडौँ- नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ ५०० रुपैयाँले उकालो लागेको छ। 

 आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ। 


गत शुक्रबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैपाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो। 

 

१ हप्ता अगाडि

प्रतिक्रिया