‘सानिमा इक्विटी फन्ड’को लाभांश वितरणार्थ बुक क्लोजको मिति तय

आइतबार, ३१ भदौ २०८०, ११ : ५२

काठमाडौँ-  सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘सानिमा इक्विटी फन्ड’को लाभांश वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ। 

योजना व्यवस्थापक सानिमा क्यापिटलले यो योजनाको लाभांश वितरणार्थ आउँदो असोज १४ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको असोज ११ गते ९असोज १२ गते शुक्रबार र १३ गते शनिबार०सम्म कायम इकाइधनीहरुमात्रै यो योजनाको लाभांश पाउन योग्य हुनेछन्। 


आर्थिक वर्ष २०७९–८०का लागि यो म्युचुअल फन्डका इकाइधनीहरुलाई कुल कुल १८ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरिएको छ। 

यो योजनाको आकार १ अर्ब ३० करोड रुपैयाँको रहेको छ। जसअनुसार १८ प्रतिशतले हुन आउने कुल २३ करोड ४० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटलले गरेको छ। 

यो योजनाको कोष प्रवर्द्धकमा सानिमा बैंक रहेको छ। 

 

आइतबार, ३१ भदौ २०८०, ११ : ५२

प्रतिक्रिया