आर्जन बचत सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा सम्पन्न

आइतबार, ३१ भदौ २०८०, १४ : ०४

काठमाडौँ- ललितपुर कुमारी पाटी स्थित सञ्चालनमा रहेको आर्जन बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयरधनीहरु लाई ८ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ । शनिवार सम्पन्न संस्थाको १४ औँ साधारण सभाले गत आर्थिक वर्ष ९आव० ०७९र८० को वार्षिक प्रतिवेदन र चालु आवको अनुमानित बजेट पारित गर्दै सो लाभांश पारित गरेको हो ।

साधारण सभामा संस्थाका अध्यक्ष प्रवीण सुवेदीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनअनुसार गत आव ०७९र८० सम्ममा संस्थाको चुक्ता शेयर पुँजी तीन करोड उनन्चालिस लाख सतसट्ठी हजार नौ सय रुपैयाँ पुगेको छ । संस्थाको कारोबारमा भने अघिल्लो आर्थिक वर्ष ०७८÷७९ को तुलनामा १२ दशमलव १० प्रतिशतले सङ्कुचन आई उनन्तिस करोड त्रिपन्न लाख साठी हजार दुई सय बयासी रुपैयाँ बराबर पुगेको संस्थाका अध्यक्ष सुवेदीले बताए ।

सुवेदीका अनुसार गत आव ०७९÷८० मा संस्थाले बाइस करोड छत्तिस लाख दुई हजार दुई सय चौबिस रुपैयाँ बराबर निक्षेप गर्न सफल भएको र सोही आवको अन्त्यसम्म तेइस करोड एक्काइस लाख सात हजार तीन सय रुपैयाँ कर्जा लगानी पुँजी पुगेको छ । गत आवमा संस्थाले सात करोड दश लाख चौरानब्बे हजार रुपैयाँ नयाँ कर्जा लगानी गरेको छ भने सोही अवधिमा तेह्र करोड दुई लाख सात हजार चार सय नब्बे रुपैयाँ कर्जा असुली गरेको छ ।

अध्यक्ष सुवेदीका अनुसार संस्थाले गत आवमा आयकर पछिको खुद नाफा ७६ लाख आठ हजार ६ सय ६४ रुपैयाँ आर्जन गर्न सफल भएको छ । मुलुकको अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीलाई ध्यानमा राखेर संस्थाले निक्षेप र नयाँ कर्जा प्रवाहलाई खुम्च्याउने रणनीति अख्तियार गर्दा खुद नाफामा अघिल्लो आवको तुलनामा २७ दशमलव ११ प्रतिशतले सङ्कुचन आएको उनले बताए ।
संस्थाले चालु आवमा तीन करोड ५० लाख शेयर पुँजी पु¥याउने, २५ करोड निक्षेप पर्‍याउने, २५ करोड कर्जा लगानी पर्‍याउने, ब्याज आम्दानी ४ करोड पर्‍याउने र खुद नाफा एक करोड १० लाख पर्‍याउने अनुमान गरेको छ । गत आवमा संस्थाले आधारभूत प्रतिशेयर आम्दानी २२ दशमलव ४० रुपैयाँ आम्दानी गर्न सफल भएको थियो । गत आवको असार मसान्तसम्म खराब कर्जा शून्य रुपैयाँ बराबर रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संस्थाको साधारण सभामा बोल्दै प्रमुख अतिथि तथा राष्ट्रिय सहकारी बैङ्क लिमिटेड लगनखेल शाखाकी प्रमुख रमा घिमिरेले पछिल्लो समयमा सहकारीहरूमा देखिएको समस्याको एउटा कारण सञ्चालक र सदस्यहरूबिचको निकटतामा कमी भएकोमा सो संस्थामा सो अवस्था नरहेको बताइन् । अहिलेको विषम परिस्थितिमा पनि संस्थाले समयमा नै साधारण सभा गरेर आफ्नो स्थिति प्रस्तुत गर्न सफल भएको भन्दै आगामी वर्षमा थप लाभांश आर्जन गर्न सक्ने बताएकी थिइन् ।

त्यस्तै संस्थाका सञ्चालक समितिका उपाध्यक्ष समीर महर्जनले सभाको अन्त्य गर्दै सहकारी भन्ने बित्तिकै तर्सिने वातावरण सिर्जना भएको अवस्थामा आफूहरूले शेयर सदस्यहरूलाई विश्वासमा लिएर काम गर्न सफल भएको बताएका थिए । साधारण सभा कार्यक्रमको सञ्चालन संस्थाका शेयर सदस्य केशव भट्टराईले गरेका थिए भने सहभागीहरूलाई स्वागत मन्तव्य ऋण उपसमितिका संयोजक रूपक वाराहीले गरेका थिए ।

सभामा उत्कृष्ट बचतकर्ता र एसर्ईईमा
उत्कृष्ट नतिजा ल्याएका शेयर सदस्यहरूका छोराछोरीलाई मायाको चिनो र नगद सहित सम्मान गरिएको थियो । संस्थाले आफ्नै मोबाइल एप पनि सञ्चालनमा ल्याएकाले डिजिटल कारोबारलाई समेत अधिक प्रयोग गर्न सभामा बोल्ने वक्ताहरूले जो ड दिएका थिए ।

आइतबार, ३१ भदौ २०८०, १४ : ०४

प्रतिक्रिया