सिद्धार्थ म्युचुअल फण्डका दुई योजनाहरुको प्रतिफल वितरण

१ हप्ता अगाडि

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले आफ्ना इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको छ।

यी फण्डहरुले भदौ २७ गतेदेखि इकाईधनीहरुको बैंक खातामा प्रतिफल जम्मा गरेको हो।  सिद्धार्थ इक्विटी फण्डले इकाईधनीहरुलाई कर सहित ५ प्रतिशतका दरले प्रतिफल वितरण गरेको हो भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले ६.५० प्रतिशतका दरले वितरण गरेको हो।

हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुले अद्यावधिक गराएपश्चात मात्र प्रतिफल प्राप्त गर्न सक्नेछन्। यी फण्डको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबर्धक सिद्धार्थ बैंक लिमिटेड रहेको छ।

१ हप्ता अगाडि

प्रतिक्रिया