ललितपुरको सातदोबाटोस्थित देउराली बहुउद्देश्यीय सहकारीको केन्द्रीय कार्यलय रहेको छ। सर्वसाधारणबाट बचत संकलन गरी कानुन विपरित घरजग्गालगायत अध्यक्ष रवीन्द्र चौलागाईंले निजी ब्यवसायमा लगानी गरेको देउराली बहुउद्देश्यीय सहकारीले बचतको सट्टा केही समय अगाडी जग्गा दिने भन्दै सदस्य र नियामक निकायलाई झुक्याउन सफल भएका थिए।
त्यस्तै सञ्चालक चौलागाईंविरुद्ध कानुनी कारबाही अघि बढेसँगै यसबाट बच्नकै लागि उनले फेरि साना बचतकर्तालाई नगद र ठुला बचतकर्तालाई जग्गाको प्रलोभन देखाएर अहिलेसम्म झुक्याउन सफल भएका छन्। तर अब भने चौलागाईंलाइ कुनै पनि हालतमा नछोड्ने बचतकर्ताले बताएका छन्।
त्यस्तै देउराली सहकारीका शाखाहरू भक्तपुरको गठ्ठाघर र न्युरोडमा समेत सञ्चालन गर्दै आएका काभ्रेपलान्चोक जिल्ला चौरीदेउराली गाउँपालिका वडा नम्बर ६ बोक्से खाल्डे स्थायी निवासी रवीन्द्र चौलागाईंले सहकारी सञ्चालन गरेको करिब ७ वर्षमा नै कसरी अखुत सम्पति कमाउन सफल भए तरु मुख्य प्रश्न नै यही हो रु कति बचतकर्ता पुगे सडकमा त्ससको लेखाजोखा सबै समयले नै गर्ने छ।
पछिल्लो समय सहकारीको विश्वसनीयता कम हुँदै गइरहेको अवस्थामा ललितपुरकै नम्बर १ सहकारीको रुपमा रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले सर्वसाधारणले खाई नखाई दैनिक मजदुरी गरी जम्मा गरेको रकमको दुरुपयोग गरी सहकारीका अध्यक्ष चौलागाईं सुरा सुन्दरी सहित तारेहोटलमा मोजमस्ती गर्दै लुङ्गी डान्समा व्यस्त रहेको समाचार प्रकाशित हुँदै आएका छन्।
सर्वसाधारणले दैनिक मजदुरी गरी जम्मा गरेको रकम दुरुपयोग गरी विभिन्न संघसंस्था तथा जग्गामा लगानी गरेका कारण सर्वसाधारणले आफूले जम्मा गरेको रकम माग्दा उल्टै अबदेखि फोन गरे नराम्रो हुने भन्दै सहकारीका अध्यक्षले चौलागाईंले थर्काउने गरेको गुनासो देउराली सहकारीका वचतकर्ता सातदोबाटोको भिम श्रेष्ठ र गोदावरीकी लक्ष्मी तामाङले गुनासो पोखेका छन्।
ललितपुरको सातदोबाटोमा प्रधान कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारीले करीब एक वर्ष अगाडि सूचना नै जारी गरी कारोबार बन्द भएको जानकारी बचतकर्ताहरुलाई गराएको थियो। सहकारीले यसरी सूचना जारी गरी केही दिनको लागि कारोबार बन्द भनेपछि बचतकर्ताहरु अत्तालिएर आफ्नो रकम झिक्न सहकारीमा लाइन नै लागेका थिए भने केही महिलाहरु आफूले खाई नखाई बचन गरेको रकम भनेको समयमा झिक्न नपाउँदा रुवाबासी नै चलेको दृश्य जो कोहीले त्यहाँ देख्न सकिन्थ्यो।
टाटपल्टेर ढोकानै बन्द भएको देउराली बहुउद्देश्यीय सहकारीले गरेको बदमासीलाई ढाकछोप गर्न अध्यक्ष रविन्द्र चौलागाईंले विभिन्न अनलाईन मिडियाहरुलाई मोटो रकम खर्चेर चौलागाईंले सहकारीको पक्षमा समाचार लेखाउँदै आइरहेका छन्।
अध्यक्ष चौलागाईंले करोडौं रुपैंयाँ खर्च गरी अफिस डेकोरेसन देखाई मुद्धती बचतकर्ताहरुलाई मासिक रुपमा २० देखि २२ प्रतिशत ब्याज दिने प्रलोभनमा सहकारी डिभिजन कार्यालय, सहकारी सुपरीवेक्षण कार्यालय र सम्बन्धित निकायको सहकारी संचालनसम्बन्धी ऐन नियमलाई धोती लगाउँदै अर्बौं रुपैयाँ सहकारीमा जम्मा गर्न सफल बनेका थिए। यति मात्रै नभई सहकारीका चतुरोखेलाडी चौलागाईंले ललितपुर धापाखेलकी मञ्जु भण्डारीको पुरख्यौली घरको २ करोड ४ लाख राखी आफ्नी श्रीमती पुजा खत्रीको नाममा पास गराई रु १ करोड बहत्तर लाख सहकारीमा राख्नुस मासिक लाखको १० हजार व्याज दिन्छु भनी लोभ देखाएको र हाल आएर चौलागाईंले घर लिलाम गराएको भन्दै मञ्जु भण्डारीले आँशु झार्दै गुनासो गरेकी छन्।
प्रतिक्रिया