लाभांश घोषणा गरेका पाँच वटा वाणिज्य बैङ्कमध्येमा कुन बैङ्कको कति ?

मंगलबार, ०२ असोज २०८०, ०८ : ०२

चालु आर्थिक वर्ष सुरु भएसँगै विभिन्न वित्तीय संस्था र कम्पनीहरूले लाभांश घोषणा गरिरहेका छन्। हालसम्म दुई दर्जन कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन्। तीमध्ये ५ वटा वाणिज्य बैङ्कले लाभांश वितरण गर्ने घोषणा गरेका छन्। लाभांश प्रस्ताव गर्नेहरूमा सिटिजन्स  बैङ्क, माछापुच्छ्रे बैङ्क, एभरेस्ट बैङ्क, सानिमा बैङ्क र एनआईसी  एसिया बैङ्क छन्।

सिटिजन्स  बैङ्कले ५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ। बैङ्कले ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। माछापुच्छ्रे बैङ्कको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले सेयर धनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

बैङ्कले गत आर्थिक वर्ष २०७९र८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। त्यस्तै, एभरेस्ट बैङ्कको सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयर धनीहरुलाई २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

बैङ्कले आर्थिक वर्ष २०७९ र ८० को नाफाबाट सेयर धनीहरुलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। त्यस्तै, सानिमा बैङ्कको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयर धनीहरुलाई १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैङ्कले आर्थिक वर्ष २०७९र८० को नाफाबाट सेयर धनीलाई हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

यस्तै, एनआईसी  एसिया बैङ्कको सञ्चालक समितिको भदौ २९ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयर धनीहरुलाई ३०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैङ्कले आर्थिक वर्ष २०७९र८० को नाफाबाट सेयर धनीलाई हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैङ्कले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई  वितरण गरिने छ। माछापुच्छ्रे बैङ्कले भने लाभांश वितरण प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा पनि आह्वान गरिसकेको छ। 

मंगलबार, ०२ असोज २०८०, ०८ : ०२

प्रतिक्रिया