१६ वाणिज्य बैङ्कले मर्जर आय कर विरुद्ध सर्वोच्चमा मुद्दा हाले , बुधवार सुनुवाइ हुँदै

मंगलबार, ०२ असोज २०८०, १० : ०७

 बैंकहरुले भदौ २९ गते शुक्रबार चालु आर्थिक वर्ष २०८० र ८१ को आर्थिक विधेयकमा आएको  एफपीओ र मर्जरको आयमा कर व्यवस्था बदरको माग गर्दै १६ वाणिज्य बैंकले सर्वोच्च अदालतमा संयुक्त रिट दायर गरेका छन् ।

अदालतमा २ वटा रिट दर्ता भएको छ। ७ वटा वाणिज्य बैंकले संयुक्त प्रिमियममा एफपीओ निष्काशन गर्दाको आयमा कर लिने व्यवस्था बदरको माग गर्दै रिट दायर गरेका हुन् ।  कृषि विकास बैंक, नेपाल बैंक, वाणिज्य बैंक अदालत गएका छैनन् । त्यस्तै एभरेष्ट बैंक पनि अदालत गएको छैन । यी बाहेक अन्य १६ वटा बैंकले अदालतमा मुद्दा दर्ता गरेका हुन्।

यी बैंक हरु प्रिमियममा एफपीओ निकालेका बैंकहरु हुन्  । नेपाल बैंकले पनि एफपीओ नीकलेको भए पनि अदालत गएको छैन  । त्यस्तै  मर्जर तथा प्राप्ति प्रक्रियामा गएका १५ वटा वाणिज्य बैंकले संयुक्त रूपमा मर्जरको ‘बार्गेन पर्चेज गेन’मा लगाइएको करको व्यवस्था बदरको माग गर्दै रिट दायर गरेका हुन् ।

आर्थिक वर्ष २०८०-८१ को आर्थिक विधेयकको दफा २६ र २७ बदर गर्न रिटमा माग गरिएको छ । साविकका सेयरधनीलाई वितरण भएको पुँजीको सन्दर्भमा कर लगाउँदा निवेदक बैंकहरूका वर्तमान सेयरधनीहरू प्रत्यक्ष प्रभावित हुने रिट निवेदनमा उल्लेख गरिएको छ ।  दुवै रिटको पहिलो पेशी असोज १० गते बुधबारको लागि तोकिएको छ। 

मंगलबार, ०२ असोज २०८०, १० : ०७

प्रतिक्रिया