सुनको मुल्यमा वृद्धि, आज कतिमा हुदैँछ कारोबार ?

मंगलबार, ०२ असोज २०८०, ११ : ०१

काठमाडौँ- नेपाली बजारमा मंगलबार पनि सुनको भाउ उकालो लागेको छ। 

 आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो सोमबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०५ रुपैयाँमा किनबेच भएको थियो।  

मंगलबार, ०२ असोज २०८०, ११ : ०१

प्रतिक्रिया