इक्रा नेपालद्धारा वार्षिक साधारणसभा आव्हान

मंगलबार, ०२ असोज २०८०, ११ : ०३

काठमाडौँ- इक्रा नेपाल आफ्नो ११ औँ वार्षिक साधारणसभा डाकेको छ। 

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा असोज २५ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको ठमेल एलोफ्ट काठमाण्डौमा मध्याह्न १२ः३० बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७९–८०का लागि सञ्चालक समिति प्रस्तावित हाल कायम चुक्तापुँजीको ५९.१० प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) पारित गर्नेछ। जसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरु कुल ४ करोड २५ लाख ५३ हजार ५३८ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ। 

सभाले सञ्चालक समितिबाट प्रस्तुत गरिने गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। 

 

मंगलबार, ०२ असोज २०८०, ११ : ०३

प्रतिक्रिया