काठमाडौँ- नेपाल एसबिआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौैस्थित बुढानिलकण्ठ मन्दिरलाई डस्टबीन, टेन्ट क्यानोपी, क्यू आर स्ट्यान्डी प्रदान गरेको छ । उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका बागमती प्रदेश प्रमूख श्री बिनोद कूमार ज्यूले उक्त सामाग्रीहरु स्वामी निगमानन्द महाराजज्यूलाई प्रदान गर्र्र्नु भएको थियो । कार्यक्रममा नेपाल एसबिआई बैंकका तथा मन्दिरका प्रतिनिधिहरुको उपस्थितीमा मन्दिरलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरियो ।
यस बैंकले ९४ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया