कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्विटी फन्ड र कुमारी धन वृद्धि योजनाले आफ्ना इकाईधनीहरुका लागि प्रतिफल वितरण गरेको छ। कुमारी धन वृद्धि योजनाले गत आर्थिक वर्षका लागि कर सहित ६ प्रतिशत प्रतिफल वितरण गरेको हो ।
कुमारी इक्विटी फण्डले करसहित १० प्रतिशत प्रतिफल वितरण गरेको हो। यी दुई योजनाहरूले हित ग्राही खातामा बैङ्क खाता अद्यावधिक गराएका इकाईधनीहरुको बैङ्क खातामा प्रतिफल (नगद लाभांश) जम्मा गरेका हुन्।
यी दुवै फन्डहरूले प्रतिफल वितरण प्रयोजनार्थ भदौ १८ गते बुकक्लोज गरेका थिए। यस अनुसार भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले यी योजनाहरूले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया