सुनको मुल्यमा गिरावट, चाँदीको कति ?

विहीबार, ०४ असोज २०८०, ११ : १६

काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ। 

 आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


हिजो बुधबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले चाँदी १ हजार ४०५ रुपैयाँमा किनबेच भएको थियो। 

 

विहीबार, ०४ असोज २०८०, ११ : १६

प्रतिक्रिया