एफपीओ  ल्याउदैँ  महुली लघुवित्त

विहीबार, ०४ असोज २०८०, १२ : ४०

काठमाडौँ- महुली लघुवित्त वित्तीय संस्थाले पौने ५ करोड रुपैयाँ बढीको एफपीओ ल्याउने भएको छ। 

महुली लघुवित्तले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिँदै एफपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। 

सेबोनले अनुमति दिएमा संस्थाले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँको एफपीओ ल्याउनेछ। जसअनुसार कम्पनीको १०० अंकित दरका कुल ४ लाख ७५ हजार ४४९ कित्ता आईपीओ बिक्री खुला गर्नेछ। 

महुली लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। 

विहीबार, ०४ असोज २०८०, १२ : ४०

प्रतिक्रिया