सबै पालिकासँग डिजिटल कारोबार प्रवर्द्धन गर्ने सिटिजन्स बैंकको योजना

शुक्रबार, ०५ असोज २०८०, १० : ३९

काठमाडौँ- नेपाल राष्ट्र बैंकले डिजिटाइजेसनमा जोड दिँदै आइरहेको छ। केन्द्रीय बैंकले डिजिटल बैंकिङ सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै आइरहेको छ। साथै, ‘नगदरहित’ भुक्तानी प्रणालीको विकास गर्न राष्ट्र बैंकले पहलसमेत गर्दै आइरहेको छ। 

राष्ट्र बैंकले चालेको पहलकमदलाई सिटिजन्स इन्टरनेसनल बैंकले समर्थन गर्दै डिजिटाइजेसनमा जोड दिँदै आइरहेको छ। पछिल्लो समय सिटिजन्स बैंकले डिजिटाइजेसनको सन्दर्भमा सरलीकृत डिजिटल तथा रिटेल बैंकिङ सेवा–सुविधा प्रदान गर्दै आइरहेको छ। 

नेपाली बैंकिङ क्षेत्रले डिजिटाइजेसनमा अभूतपूर्व फड्को मार्दा सिटिजन बैंकले आफ्ना सेवाग्राहीलाई सरलीकृत ढंगबाट डिजिटल तथा रिटेल बैंकिङ सेवा–सुविधा दिँदै आइरहेको छ। बैंकबाट प्रवाहित डिजिटल भुक्तानीका माध्यमबाट आमसर्वसाधारणको दैनिक कारोबारमा समेत सहजता हुन थालेको छ। 

सिटिजन्स बैंकले कार्ड तथा एटीएम सेवा, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट तथा आस्बा सुविधा, अनलाइन सुविधा, रेमिट्यान्स सेवा, डिस्काउन्ट तथा अफरहरु र बीमाको सेवासहित अन्य थुप्रै सेवासमेत प्रदान गर्दै आइरहेको छ। दशसैभर वित्तीय साक्षरता प्रबर्द्धनमा जोड दिँदै बैंकले डिजिटल भुक्तानी प्रणालीको विकास गर्ने उद्देश्यले विभिन्न क्षेत्रमा साक्षरतासम्बन्धी कार्यक्रमसमेत गर्दै आइरहेको छ। बैंकले सर्वसाधारणको दैनिक कारोबारमा डिजिटल भुक्तानीका माध्यमहरु अत्यावश्यक बन्दै गएको सन्दर्भलाई मध्यनजर डिजिटल तथा रिटेल बैंकिङका विभिन्न सेवा दिँदै आइरहेको छ। 

शुक्रबार, ०५ असोज २०८०, १० : ३९

प्रतिक्रिया