नयाँ म्युजिक भिडियो ‘न्यानो साथ’ सार्वजनिक

शुक्रबार, ०५ असोज २०८०, ११ : ३१

काठमाडौँ-  नेपाली चलचित्रको ट्रेलर मास्टरको रूपमा चिनिने शाहिल खान मोडल पनि हुन् । उनी अभिनीत नयाँ म्युजिक भिडियो ‘न्यानो साथ’ सार्वजनिक भएको छ ।

आदर्श प्रडक्सनको प्रस्तुतिमा बनेको भिडियोमा खानको आशिका दाहालसँग रोमान्स समेटिएको छ । भिडियोका निर्देशक विज्ञान राई हुन् भने मिलन श्रेष्ठले सम्पादन र सञ्जय लामाको छायाँकन छ ।

विजय अर्यालको शब्द तथा सङ्गीत रहेको गीतमा बेनिशा पौडेल र विजय अर्यालको स्वर छ । शाहिलले अहिलेसम्म थुप्रै म्युजिक भिडियो अभिनय गरिसकेका छन् ।

शुक्रबार, ०५ असोज २०८०, ११ : ३१

प्रतिक्रिया