ग्लोबल आइएमई बैङ्क र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल ९तराई० लिमिटेडबिच च्यानल फाइनान्सिङ कार्यक्रमसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौताअनुसार बैङ्कले बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) का उत्पादनहरू खरिद गर्नका लागि आधिकारिक डिष्ट्रिब्युटर्सहरुलाई आवश्यक चालू पुँजी प्रदान गर्न च्यानल फाइनान्सिङ सुविधा प्रदान गर्नेछ।
उक्त सम्झौता कार्यान्वयन गर्नका लागि एक समझदारी पत्रमा बैङ्क र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबिच एक सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा ग्लोबल आइए मई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यका साथै बोटलर्स नेपाल लिमिटेडका मेनेजिङ्ग डाइरेक्टर दीपक सेन्थिलनाथ लगायत दुवै संस्थाका वरिष्ठ अधिकृतहरूको उपस्थिति थियो ।
ग्लोबल आइए मई बैङ्क मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कले ३ सय ५० शाखा कार्यालय, ३ सय ६९ एटिएम, ३ सय २२ शाखारहित बैङ्किङ सेवा प्रदान गरिरहेको छ।
प्रतिक्रिया