२६औँ वार्षिक साधारण सभाको तयारीमा एनआईसी एशिया बैङ्क, के के छन् विषयसूची ?

शनिबार, ०६ असोज २०८०, ०८ : १७

एन आई सी एसिया बैङ्क लिमिटेडका २६औँ वार्षिक साधारण सभा आगामी असोज २८ गते हुने भएको छ ।

साधारण सभामा गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने लगायतका सामान्य प्रस्तावहरूमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची रहेको छ । 

गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैङ्कको चुक्ता पुँजीको २९ प्रतिशत बोनस शेयर (रु ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६ र १.५२६३ प्रतिशत नगद लाभांश रु १७ करोड ६५ लाख ३ हजार २ सय ४०० लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत गर्ने सुची रहेको छ 

एन आई सी एसिया बैङ्क मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैङ्कहरू मध्येको बैङ्क हो । यस बैङ्कले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६१३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । 

शनिबार, ०६ असोज २०८०, ०८ : १७

प्रतिक्रिया