नेपालीको ठुला चाडपर्व दसैँ, तिहार नजिकिँदै गर्दा चिनीको भाउ महँगो हुनु नौलो होइन तर यो पटक त चिनी प्रतिकेजी १५० रुपैयाँसम्म पुगेको छ । त्यो पनि सहज रूपमा सबै पसलमा पाइँदैन ।
एक महिनाअगाडि मात्रै प्रतिकेजी १०० रुपैयाँमा कारोबार भएको चिनीको मूल्य अहिले बढेर १५० रुपैयाँसम्म पुगेको छ ।
हिन्दु नेपालीहरूको मुख्य चाडपर्व दसैँ, तिहार र छठ सङ्घारमा छ यो समयमा चिनीको बढी खपत हुन्छ यस्तो अवस्थामा व्यापारीले बजार चिनी नियन्त्रणमा लिने र चिनीको कृत्रिम अभाव सिर्जना गरी मूल्यमा कालोबजारी गर्ने गर्दै आएका छन् । तर सरकारले भने बजार अनुगमन नगरेको भन्दै जनताले दुखेसो पोखेका छन् ।
राष्ट्रिय उपभोक्ता मञ्चले तीन महिनाअगाडि नै अनुदानको चिनी खरिद गरी सरकारको मातहतमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री गर्ने व्यवस्था गर्न सरकारसँग माग समेत गरेको थियो । हाल चिनीमा भएको कालोबजारी नियन्त्रणका लागि सरकारले हस्तक्षेप नगरेसम्म बजारमा भाउ नियन्त्रण नहुने अर्थ विज्ञहरूको भनाई छ ।
प्रतिक्रिया