आर्थिक मन्दीको असर: दसैंतिहारका लागि खुलेनन् धेरै एलसी, व्यवसायी निराशामा

आइतबार, ०७ असोज २०८०, ०८ : २५

सामान्यतया अहिले बैङ्कहरूलाई चाडबाडका लागि प्रतितपत्र ९एलसी० खोल्न भ्याई नभ्याई हुने समय हो । घर निर्माणदेखि गाडी खरिदसम्मका ऋणका फाइल अगाडि बढाउन बिहानदेखि रातिसम्म खटिनु पर्थ्यो कर्मचारीलाई।

तर, देशमा छाएको चरम आर्थिक मन्दीका कारण बैङ्क तथा वित्तीय संस्थामा दसैंतिहारको  रौनक यस पटक पटक्कै छैन। बैङ्कका ऋण विभागहरू अहिले फुर्सदिला भएका छन्। नेपाल राष्ट्र बैङ्कका अनुसार पोहोर जति पनि यसपालि ऋण जान सकेको छैन। निजी क्षेत्रमा जाने ऋण त झन् बढिले घटेको छ ।  

‘दसैंतिहारका  लागि अलिकति ऋणको माग हुनु पर्ने हो। तर अहिले त्यस्तो माग नआइएसकेको अधिकाशं बैङ्कका प्रमुखहरुको भनाई छ । बैङ्क प्रमुखहरू भन्छन् खाद्यान्न, लत्ताकपडालगायत उपभोग्य वस्तुको समेत माग आएको छैन। अहिलेको अवस्था विश्लेषण गर्दा यो समय अलिक धेरै लम्बिने देखिन्छ।’

चालु वर्ष लागेदेखि नै ऋण बढ्न सकेको छैन। पोहोर साढे १२ प्रतिशतको लक्ष्य राख्दा साढे तीन प्रतिशत ऋण गएको थियो। यसपालि साढे ११ प्रतिशतको लक्ष्य छ, तर पोहोर गए जति पनि जाने देखिएको छैन। 

बैङ्कमा कारोबार नबढ्नुको प्रमुख कारण बजार चलायमान नहुनु हो कोभिड पछाडि खस्किन सुरु गरेको अर्थतन्त्र निरन्तर रूपमा लम्बिएपछि यस्तो अवस्था सृजना भएको देखिन्छ  , व्यापार व्यवसायमा भनेजस्तो कारोबार नभएकै कारण व्यवसायीहरू मर्कामा परेका छन् ।  बजार सुस्ताएर सटर भाडा तिर्न समेत हम्मे भएको व्यवसायीहरूको भनाई छ । 

आइतबार, ०७ असोज २०८०, ०८ : २५

प्रतिक्रिया