सुनको मुल्यमा सामान्य बढोत्तरी, आज कतिमा हुदैँछ कारोबार ?

आइतबार, ०७ असोज २०८०, १० : ५८

काठमाडौँ- आईतबार सुन–चाँदीको भाउ सामान्य बढेको छ । 

 आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेर  प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

गत शुक्रबार भने सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४३० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो। 

 

आइतबार, ०७ असोज २०८०, १० : ५८

प्रतिक्रिया