काठमाडौँ- नेपाल राष्ट्र बैंकले करिब पौने १९ अर्ब रुपैयाँ ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।
केन्द्रीय बैंकले २८ दिने, ९१ दिने र १८२ दिन अवधिको फरक फरक ३ वटा ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्ने लागेको हो ।
यी ट्रेजरी बिल क्रमशः कात्तिक ७ गते, पुस १० गते र चैत १३ गते परिपक्व हुनेछन्।
२५ दिन अवधिको ८ अर्ब रुपैयाँ , ९१ दिन अवधिको ८ अर्ब रुपैयाँ, १८२ दिन अवधिको१० अर्ब ११ करोड २५ लाख रुपैयाँ र ३ अर्ब रुपैयाँ र १८२ दिनका लागि ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल मार्फत् नवीकरण हुने केन्द्रीय बैंकले जनाएको छ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल क्रमशः कात्तिक ७ गते, पुस १० गते र चैत १३ गते परिपक्व हुनेछन्।
नेपाल राष्ट्र बैंक अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत दिउँसो ३ बजेसम्म बोलकबोलको लागि आवेदन दिने सकिनेछ ।
प्रतिक्रिया