काठमाडौँ- नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ।
आज सुनको भाउमा कुनै फेरबदल भएको छैन । फेरबदल नभएसँगै आज प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनएको छ ।
हिजो सुनको तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ४३० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४३० रुपैयाँमै किनबेच भएको थियो।
प्रतिक्रिया