मर्चेन्ट बैंकर्सले ल्यायो आर्कषक अवसर

सोमबार, ०८ असोज २०८०, १७ : ०७

काठमाडौँ - मर्चेन्ट बैंकर्स एसोसिएसनले हाजिरीजबाफ प्रतियोगिता सञ्चालन गर्ने भएको छ। 

एसोसिएसनले वर्ल्ड इन्भेस्टर विक–२०२३ का अवसरमा पु्ँजीबजारसम्बन्धी हाजिरीजबाफ प्रतियोगिता गर्न लागेको हो। यो प्रतियोगिता काठमाडौँ उपत्यकामा स्नातक तह सञ्चालन गरिरहेका कलेजहरुले सहभागिता जनाउन सक्नेछन्। 

 प्रतियोगितामा सहभागी हुन यही असोज १२ गतेसम्म मर्चेन्ट बैंकर्स एसोसिएसनमा प्रतियोगी टोलीको नाम दर्ता गराउनुपर्नेछ। 

प्रतियोगितामा स्नातक तहमा अध्ययनरत विद्यार्थीले मात्रै भाग लिन पाउनेछन्। एउटा कलेजले प्रत्येक संकायबाट २ जना प्रतियोगी सम्मिलित एक–एक टोली छनोट गरी पठाउनुपर्नेछ। प्रतिटोलीको प्रवेश शुल्क १० हजार रुपैयाँ तोकिएको छ। 

प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। दोस्रो र तेस्रो हुने टोलीले क्रमशः ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँ पाउनेछन्। 

सोमबार, ०८ असोज २०८०, १७ : ०७

प्रतिक्रिया