लहानमा राष्ट्रिय वाणिज्य बैंकको नवनिर्मित भवनको उद्धघाटन, शिला पत्र अनावरण

मंगलबार, ०९ असोज २०८०, १० : १७

मधेश  प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले एक समारोहका बिच राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय लहानको सिराहा जिल्ला लहान न।पा।६ गणेश चोक स्थित नवनिर्मित भवनको उद्घाटन गरेका छन् । 

शिला पत्र अनावरण गरी रिबन काटेर नवनिर्मित भवनको आइतबार उद्घाटन गरिएको छ । उद्घाटनपछि मुख्यमन्त्री यादवले कृषि तथा अन्य क्षेत्रको उत्पादन बढाउन प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैङ्कसँग सहकार्य गर्ने बताएका छन् । बैङ्क मार्फत किसानलाई अनुदान समेत दिन तयार रहेको यादवले जानकारी गराएका छन्।

उक्त अवसरमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अहिले बैङ्कको कर्जाको ब्याजदर सबैभन्दा कम रहेको जानकारी गराउँदै। उनले कम सस्तो ब्याजदरमा ब्यवसायीहरुलाई  बैङ्कसँग व्यवसायीक  कारोबार गर्न आग्रह गरेका छन् ।

उनले विपन्न वर्गको सशक्तीकरणका लागि विना धिता कर्जा दिने, वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिने बताए । बैङ्कले प्रदान गर्ने आधुनिक डिजिटल बैंकिङ्ग  सेवाका लागि सबै किसिमले उपयुक्त हुने गरी शाखाको आफ्नै भवन निर्माण गरिएको श्रेष्ठको भनाई छ ।

बैङ्कको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८४ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग , क्युआर कोड सेवा, पिओएस सेवा, क्रेडिटरडेविट कार्ड कनेक्ट आईपीएस, स्मार्ट क्युआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैङ्किङ, सेवाहरू समेत सञ्चालनमा रहेका छन् ।

मंगलबार, ०९ असोज २०८०, १० : १७

प्रतिक्रिया