सस्तीयो सुनको मुल्य, आज कतिमा हुदैँछ कारोबार ?

२ महिना अगाडि

काठमाडौँ-  मंगलबार नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ । 

 आज सुनको भाउ तोलामा४०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो। 

 

२ महिना अगाडि

प्रतिक्रिया