काठमाडौँ- नेपाली बजारमा बुधबार पनि सुनको भाउ ओरालो लागेको छ।
आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो मंगलबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ३० रुपैयाँले घटेर चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया