नेपाल बैंकको अध्यक्षमा डा.चन्द्रबहादुर अधिकारीको नियुक्त

बुधबार, १० असोज २०८०, १३ : ०९

काठमाडौँ- नेपाल बैंक सञ्चालक समितिको असोज २ गतेको बैठकबाट नयाँ अध्यक्षको जिम्मेवारीमा डा. चन्द्रबहादुर अधिकारी चयन हुनु भएपछि बैंकले थप उचाइ लिने आशा गरिएको छ । अन्र्तराष्ट्रिय ज्ञान र अनुभव संगालेका अधिकारीको नियुक्तीले देशकै पुरानो बैंकले थप रक्तसंचार बढाउने अपेक्षा हुन थालेको छ । नवनियुक्त अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले असोज ४ गते बिहीबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा गर्भनर महाप्रसाद अधिकारीबाट अध्यक्ष पदको पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको हो ।

त्रिभुवन विश्व विधालयमा २५ बर्ष प्राध्यापन गरी हालसालै रिर्टायड हुनु भएका डा. चन्द्र बहादुर अधिकारीले प्राज्ञिक तथा शैक्षिक उन्नयनका अतिरिक्क्त विश्व विद्यालय र राष्ट्रकै प्रतिष्ठा उच्च पार्न महत्वपूर्ण भुमिका निर्वाह गर्दै आउनु भएको छ । उहाँको विभिन्न युरोपियन मुलुकबाट proverty Linkeages to productive efficiency and Access to Land जस्ता पुस्तकहरु प्रकाशन भएका छन् । साथै उहाँका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका प्रतिष्ठीत जर्नरलहरुमा अनुसन्धानात्मक लेखहरु प्रकासन भएका छन् । ती लेखहरुलाई विभिन्न अन्तराष्ट्रिय जर्नरलहरुमा पियर रिभ्युअर सेवा प्रदान गरिएको छ । 

बेलायतको युनिर्भसिटि अफ रिडिङबाट अर्थशास्त्रमा पिएचडी गर्नुभएका अधिकारीले यसअघि कृषि विकास बैंकको सञ्चालक भएर पनि ४ बर्ष काम गर्नुभएको थियो । बैंकिग र त्रिविमा लामो प्राध्यापन अनुभव संगाल्नु भएका अधिकारीको नेतृत्वमा नेपाल बैंक पुन एउटा देशकै अब्बल बैंकको दर्जामा उक्लने आशा गरिएको छ । 
नेपाल बैंकमा सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व रहेको छ
 

बुधबार, १० असोज २०८०, १३ : ०९

प्रतिक्रिया