विलम्ब शुल्कमा छुट प्रदान गर्दै हिमालयन लाइफ इन्स्योरेन्स

बुधबार, १० असोज २०८०, १४ : ३३

काठमाडौँ- हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत भएका बीमालेखहरु नवीकरण गर्दा विलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ। कम्पनीले कम्पनीबाट जारी भएका बीमालेखहरु असोज १० गतेदेखि २६ गतेसम्म नवीकरण गर्दा २५ देखि शतप्रतिशतसम्म छुट प्रदान गर्ने भएको हो। 

साबिकको प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्योरेन्सबाट विभिन्न मितिमा बीमा गराई व्यतीत भएका बीमालेखहरु पुनर्जागरण गराउँदा छुट दिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ३ वर्षसम्म व्यतीत भएका बीमालेख नवीकरणमा १००५, ३ वर्षदेखि माथि ७ वर्षसम्म ५०५ र ७ वर्षदेखि माथि जतिसुकै अवधिका बीमालेखहरुका लागि २५ प्रतिशतसम्म ब्याज छुट हुनेछ। 


यसका साथै व्यतीत बीमालेख पुनर्जागरण गर्दा कम्पनीले दिएको छुट सुविधा बीमा अवधिभर एकपटकमात्रै प्रदान हुने कम्पनीले जनाएको छ। त्यस्तै, कम्पनीबाट ब्याज छुट सुविधाको उपयोग गरी नवीकरण गराइएका बीमालेखहरु बीमालेख नवीकरण भएको दुई वर्षभित्र बीमित तथा प्रस्तावकहरुले नियमअनुसार सरेन्डर गर्न चाहेमा बीमालेख नवीकरण गर्दा छुट प्रदान गरिएको ब्याजबापतको रकम कम्पनीबाट कट्टा गरिनेछ। 

 

बुधबार, १० असोज २०८०, १४ : ३३

प्रतिक्रिया