मेगास्टार योजना अन्तर्गत भुपाजित राईले जिते नगद एक लाख रुपैयाँ

विहीबार, ११ असोज २०८०, ०७ : २५

हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार  योजना अन्तर्गत ७१९०६२१७२८७ कास आइडीका ग्राहक भुपाजित  राईले नगद एक लाख रुपैयाँ जितेका छन् ।

नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिशहोमले  दसैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार ’ सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत डिसहोमको नयाँ जडान अथवा रिचार्ज मा ग्राहकहरूले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन्। 

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धि र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । सोमबार भएको लक्की ड्र मार्फत रानिवास भोजपुरका राईले नगद रु एक लाख जितेका हुन् । 

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको सोकेस, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारिक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ ।
 

विहीबार, ११ असोज २०८०, ०७ : २५

प्रतिक्रिया